सोसल मिडिया
Contact Us
युनिकोड
भट्टेडाँडा(ललितपुर) । दक्षिण ललितपुरको बागमती गाउँपालिकाले आफ्नो क्षेत्रधिकार भित्रका क्रसर, खानी तथा नदीजन्य पदार्थ वासिङ्ग उद्योग दर्ता–नवीकरण गर्न सूचना जारी गरेको छ । भदौ १३ गते बसेको बागमती गाउँकार्यपालिकाले बैठकले गाउँपालिका भित्र सञ्चालनमा रहेका नियममानुसार दर्ता भएका उद्योग (क्रसर, खानी र वासिङ्ग) हरू २०७९ साल असोज मसान्तसम्म अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने निर्णय गरेको हो ।
गाउँकार्यपालिका बैठकले दर्ता नभई सञ्चालनमा रहेका उद्योगहरूलाई अनिवार्य रुपमा प्रचलित कानुन बमोजिम दर्ता गनुपर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले आइतबार जारी गरेको सूचनामा उल्लेख छ । गाउँपालिकाले तोकेको समय भित्र अनिवार्य रुपमा उद्योगहरू नवीकरण–दर्ता नगराए प्रचलित कानुन बमोजिम कारवाही हुने सूचना प्रकाशित गर्दै सचेत गराएको छ ।