गठबन्धन दलको सिद्धान्त फरक भएपनि लोकतन्त्र र जनहितका पक्षका साझा धारणा : सञ्चारमन्त्री 

मंगलबार, भदौ २१, २०७९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सत्ता गठबन्धनको कार्यदलका एक सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धन दलहरुको सिद्धान्त फरक भएपनि मुलुकको स्वाधीनता, लोकतन्त्र र जनताको हितका पक्षमा आफूहरूको धारणा साझा रहेको बताएका छन् । 
नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूसँगको भेटमा सञ्चारमन्त्री कार्कीले गठबन्धन कसैका विरुद्ध बनेको होइन भने  संविधान र समृद्धिको बाटोमा मुलुकलाई हिँडाउन गठबन्धन जरुरी रहेको भन्दै कार्काीले भने, ‘हिजो संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनेको हो ।’ 
गठबन्धन दल भित्र सिट बाँडफाँट न्यायोचित र स्वभाविक ढंगले सम्पन्न हुने पनि मन्त्री कार्कीले बताए । उनले सबैले मैले जितेको छु भन्ने भावका साथ सिट बाँडफाँट हुने बताए ।
धेरैभन्दा धेरै आफ्नो दलका प्रतिनिधि सभा, प्रदेश सभा सदस्य निर्वाचित होउन् भन्ने चाहना हुनु स्वाभाविक भएको बताउँदै उनले भने, ‘सिट तीन आधारमा बाँडफाँट हुन्छ । न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका साथ सिटको बाँडफाँट व्यवस्थित रुपले चाँडै नै हुने छ ।’ 
उनले सिट बाँडफाँटको काम चाँडै सक्नुपर्ने चाप आफूहरुलाई भएको उनले बताए ।
मुलुकलाई संविधान र समृद्धिको बाटोमा हिँडाउन गठबन्धन जरुरी रहेको उनले बताए ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गराउन सरकार प्रतिबद्ध रहेको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार