सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले तीन हजार आठ सय ३६ परीक्षणमध्ये दुई सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार आज ७८ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८ ६ प्रतिशत रहेको छ । यस्तै काठमाडौँ उपत्यकामा ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा तीन, भक्तपुरमा चार र काठमाडौँमा ४२ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार पाँच सय पाँच पुगेको छ ।