सुदूरपश्चिममा डेङ्गुका कारण दुई बालिकाको मृत्यु

शुक्रबार, भदौ २४, २०७९

धनगढी । सुदूरपश्चिममा डेङ्गुका कारण दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका–६ की १२ वर्षीया बालिका र दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ की ५ वर्षीया बालिका रहेकिछन् ।
उनको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी दार्चुलामा पनि डेङ्गुका कारण एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी ५ वर्षीया बालिका उषा धामी रहेकिछन् । भदौ २० गते जिल्ला अस्पताल दार्चुला भर्ना गरिएकी ती बालिकामा डेंगुसँगै स्क्रब टाइफसको समेत संक्रमण देखाएको मालिकार्जुन गाउँपालिकाका स्वास्थ्य संयोजक गुणराज ओझाले बताए । डेङ्‍गु र स्क्रब टाइफस समेत देखिएकी ती बालिकालाई अभिभावकले घर लगेका थिए ।

घर लगिएकी बालिकालाई स्थानीय स्वास्थ्यचौकिमा उपचार गर्दा बिहीबार बिहान ती बालिकाको मृत्यु भएको संयोजक ओझाले बताए ।  दार्चुलामा डेङ्गुका रोगीको संख्या उच्च रहेको छ ।

दार्चुलामा बिहीबार सम्म ३९ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ ।

डुङ्गुकै कारण भदौ १४ गते धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको पनि मृत्यु भएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  ०५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार