झापा प्रशासनले उठायो राहदानीबाट वर्षमा आठ करोड ६५ लाख राजस्व

शनिबार, भदौ २५, २०७९

झापा ।  झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख  राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट आठ करोड ६५ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए ।
सो अवधिमा ११ हजार सात सय ४६ राहदानी बनाएको न्यौपानेले बताए। आव २०७७÷७८ मा छ हजार एक सय ८८ राहदानी बनाएइको थियो । जसबाट राजस्व रु तीन करोड ३५ लाख ३६ हजार, आव २०७६÷७७ मा रु तीन करोड ८९ लाख ८५ हजार राजस्व सङ्कलन भएको थियो ।
कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरुपमा सञ्चालन भएकाले राहदानी बनाउन आउनेको सङ्ख्या बढेको हो । उनका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा रहेका छन् । त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेका छन् ।-रासस

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  ०६:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार