सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाल सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबारसाँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्व महारानी एलिजाबेथको सम्मानमा आजदेखि तीन दिनसम्म शोक मनाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा यही भदौ २३ गते राति निधन भएको हो । नेपाल सरकारले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै स्व महारानीको दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । यस दुःखद् घडीमा बेलायत सरकार, जनता एवं शोकसन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकारले समवेदना प्रकट गरेको छ ।
महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त
पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले दिएको शोक सन्देशमा महारानी एलिजाबेथले आफ्नो शासनकालमा शालिन र उच्च राजकीय मूल्य निर्वाह गर्नुभएको स्मरणीय छ भनेका छन् । पूर्वराजा ज्ञानेन्द्रले महारानीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त राजपरिवार, बेलायती सरकार एवं जनताप्रति समवेदन प्रकट गरेका छन् ।