दूतावास पुगेर प्रधानमन्त्री देउवाले गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त 

शनिबार, भदौ २५, २०७९

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् । महारानी एलिजावेथ द्धितीयकोे बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार