वैशाख २७ पछि कतारी रियालको कारोबार बन्द हुने 

बुधबार, वैशाख ८, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ ।  केन्द्रीय बैंकले एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ ।  कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ । सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो ।  वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ०५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार