पूर्वअर्थमन्त्रीसँग बजेटबारे छलफल : वास्तविकताका आधारित बजेट ल्याउन सुझाव 

बुधबार, वैशाख ८, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । पूर्वअर्थमन्त्रीले वास्तविकताका आधारित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयलाई लिएर गरेको छलफलमा उनीहरूले खर्च गर्न सक्ने र यथार्थतालाई सम्बोधन गर्ने खालको बजेट ल्याउन आग्रह गरे ।  यस्तै ठूला आयोजनामा बजेटको उचित प्रबन्ध गर्न तथा खर्च कटौतीलाई विशेष ध्यान दिन र कोरोनाका कारण प्रभावित उद्योग व्यवसायलाई राहत दिने गरी बजेटको विनियोजन गर्नुपर्नेमा पूर्वअर्थमन्त्रीहरूको जोड थियो ।  आकारमा ठूलो बजेटभन्दा पनि विशेषगरी धरातलीय यर्थाथतालाई सम्बोधन गर्न तथा लोकप्रियताको नाममा कार्यान्वयन नहुने खालका कार्यक्रम नराख्नसमेत उनीहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 
राज्यकोषमा थप दायित्व थपिने खालका कार्यक्रम नल्याउन आग्रह गर्दै उहाँहरूले कोरोना प्रभावित मुलुकको अर्थतन्त्रको खास अर्थमा सम्बोधन गर्ने कार्यक्रम समावेश गर्न अनुरोध गरे ।  समयमा नै बजेट आए पनि पूँजीगत खर्च हुन नसकेको अवस्थालाई मध्यनजर गरेर त्यसमा विशेष ध्यान दिन तथा आर्थिक पुनःरुत्थानका खास प्याकेज ल्याउन पूर्वअर्थमन्त्रीहरूले आग्रह गरेका थिए । छलफलमा पूर्वअर्थमन्त्रीहरू डा प्रकाशचन्द्र लोहनी, डा रामशरण महत, वर्षमान पुन र शङ्कर कोइरालाको सहभागिता थियो ।  छलफलमा अर्थमन्त्री पौडेलले आगामी आवको बजेटमा सरकारले समावेश गर्नुपर्ने विषयमा सुझाव दिन आग्रह गरेका थिए ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ०६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार