नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि

मंगलबार, भदौ २८, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ३० अङ्कले उकालो लागेर एक हजार नौ सय ३४ दशमलव शून्य चार अङ्कमा उक्लेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८३ अङ्ककले उकालो लागेर तीन सय ७६ दशमलव १७ मा पुगेको छ । कूल दुई सय ३१ कम्पनीको ३१ लाख ४६ हजार नौ सय ९६ कित्ता शेयर रु ९२ करोड २५ लाख ७४ हजार चार सय १० मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार मङ्गलबार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको हो । बैंकिङ १० दशमलव ९१, व्यापार २७ दशमलव ५९, होटल तथा पर्यटन २९ दशमलव ९२, विकास बैंक ६० दशमलव शून्य तीन, जलविद्युत् २० दशमलव ७८, वित्त ३४ दशमलव ११, निर्जीवन बीमा ५८ दशमलव ७७, उत्पादन ९० दशमलव ६५, अन्य १५ दशमलव ८२, लघुवित्त ५३ दशमलव ५८, जीवन बीमा ९६ दशमलव २२, सामूहिक लगानी कोष शून्य दशमलव ११ र लगानी शून्य दशमलव ९५ अङ्कले उकालो लागेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार