आजदेखि नयाँ नोट साट्न पाइने 

बुधबार, भदौ २९, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं। दशैंका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो । बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ । 

एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन् । जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन् । राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तिय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार