सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज बिहीबार (भदौ ३० गते) देखि १७ हजार ९४३ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ ।
यसमा कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति, कम्पनी,संघ र संस्थाहरुले आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बोलपत्र पेस गर्ने अन्तिम म्याद असोज ५ गतेसम्म तोकिएको छ । लगानीकर्ताले संस्थाको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।
लघुवित्तका विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिई यसअघि आवेदन खुला गरिएको थियो । तर सो अवधिमा आवेदन नपरेको हुनाले लिलामीमा ल्याइएको हो ।
आशा लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै
आशा लघुवित्त वित्तीय संस्थाले असोज ५ गतेदेखि ५१ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । प्रतिकित्ता ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ ।
यसमा ईच्छुक योग्य व्यक्तिले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम ६ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।