महासंघले मिलायो डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था 

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं ।  नेपाल पत्रकार महासंघले काठमाडौं उपत्यकामा डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था मिलाएको छ । 

‘काठमाडौं उपत्यकामा क्रियाशील सयौँ पत्रकार डेंगु महामारीको चपेटामा पर्नु भएको छ । कतिपय अस्पतालमा बेड नपाउने समस्या भएकाले भर्ना हुनुपर्ने अवस्थाका पत्रकारका लागि नेपाल प्रहरी अस्पताल महाराजगन्जमा भर्ना भइ उपचार गर्ने व्यवस्था मिलाइएको छ,’ महासंघले आज एक सूचना प्रकाशित गरी भनेको छ । 

त्यस्तै पत्रकारले महाराजगन्जकै मेदान्त पोलिक्लिनिकमा गएर समेत डेंगुको निःशुल्क परीक्षण गर्न सकिने महासंघले जनाएको छ । 

‘परीक्षणका लागि पत्रकार महासंघले जारी गरेको पत्रकार परिचय पत्र वा काठमाडौं शाखा र महासंघ केन्द्रीय कार्यालयबाट सिफारिस लिएर जान सकिनेछ,’ महासंघले भनेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार