सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप एक सय १० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार आठ सय २७ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार सात सय ५२ जनाको पिसीआर र दुई हजार ७५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा एक सय २६ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८५ हजार एक सय तीन पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ । हाल होम आइसोलेशनमा एक हजार नौ सय ९९, संस्थागत आइसोलेशनमा ६३ र आइसियुमा २० सङ्क्रमित रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, कालिकोट, बझाङ र दार्चुला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा सात सय ९३, ललितपुरमा तीन सय ३७ र भक्तपुरमा ३१ सक्रिय सङ्क्रमित छन् । कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरेका हुन् । कार्यक्रममा उनले बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्यकर्मीको मेहनत र खटाइले प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको भन्दै अहिलेको शिक्षा क्षेत्रमा पनि सुधार हुन आवश्यक रहेको बताए । स्थानीयस्तरका नागरिकमा खोपका बारेमा उचित ज्ञान नहुँदा अहिले पाँच वटा प्रदेशमा पूर्ण खोप सुनिश्चितता घोषणा हुन नसकेको प्रदेश प्रमुख शेरचनले बताए। लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूले खोपको महत्व बुझाउन नसक्दा खोप घोषणामा समस्या भएको र समुदायस्तरमा खोपको विषयमा जानकारी नहुँदा बालबालिकाहरूमा कुपोषण हुने गरेको बताए । कार्यक्रममा पूर्णखोप सुनिश्चितता घोषणामा महत्वपूर्ण योगदान पु¥याएका प्रदेशका १२ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुख, स्वास्थ्यकर्मीलगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।