सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर ,। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले ललितपुरको गोदावरी नगरपालिका–५ मा अवस्थित आनन्दवन अस्पताल परिसरमा निर्मित अनन्दवन ट्रमा तथा इमरजेन्सी विङ सञ्चालनमा आएको छ । बाल चिकित्सा र सुविधायुक्त एनआईसीयू, प्रसूति गृह, सर्जिकल वार्ड, दुर्घटनापछिको सूक्ष्म उपचार, क्रिटिकल केयर युनिट र इन्सेटिभ केयर युनिटसहितको सेवा तथा सुविधा दिने अभिप्रायका साथ अस्पताल परिसरमा उक्त विङ सञ्चालनमा आएको हो । नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आनन्दवन अस्पतालले पु¥याएको सेवा र सुविधा धेरै महत्वपूर्ण भएको बताउनुभयो । “हरेक वर्ष स्वास्थ्य उपचारका कारण चार लाख नेपाली गरिबीको रेखामुनि पुग्छन् । उपचार पनि अत्यन्त महँगो हुँदैगएको अवस्थामा यो अस्पतालले पु¥याएको सेवा र सुविधा अत्यन्तै महत्वपूर्ण छ”, उनले भने ।
ज्ञान र चेतनाको अभावले कुष्ठरोगका बिरामीलाई विभेद गर्ने चलन रहेको स्मरण गर्दै मन्त्री खापुङले भने “कुष्ठरोगका बिरामीलाई विभेद गर्ने कानून छ भन्ने पनि कुरा उठ्यो, अहिले त्यस्तो विभेदकारी कुनै कानून छैन, भएका कानून सबै हटाइसकिएको छ ।”निवर्तमान सांसद नवराज सिल्वालले आनन्दवन अस्पतालमा स्नायु शल्यक्रियासम्बन्धी व्यवस्था नभएकाले त्यसको व्यवस्थापन गरिदिनका लागि स्वास्थ्यमन्त्रीसमक्ष आग्रह गरे ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले ६० वर्षदेखि यस क्षेत्रका नागरिकलाई सेवा पु¥याएको आनन्दवन अस्पतालले ट्रमा सेन्टर र इमरजेन्सी सेवा स्थापना गरेकामा द लेप्रोसी मिसन र ‘इटायर्ड टिम’लाई हार्दिक आभार व्यक्त गरे । देशैभरका कुष्ठरोगका बिरामीलाई उपचार सेवा प्रदान गर्दै आइरहेको आनन्दवन अस्पतालले ललितपुरको दक्षिणी भेगका नागरिकको स्वास्थ्य उपचारमा महत्वपूर्ण सेवा पु¥याउँदै आइरहेको छ । महाङ्काल गाउँपालिकाका प्रमुख गणेशबहादुर केसीले दक्षिण ललितपुरका नागरिकलाई सेवा दिने सुविधासम्पन्न अस्पताल सरकारी तवरबाट स्थापना हुन नसकेको अवस्थामा आनन्दवन अस्पतालले महत्वपूर्ण योगदान पु¥याएको बताए ।