चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

बुधबार, वैशाख ८, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ ।  चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै सचेतना अभिवृद्धि गर्ने योजनाका साथ उक्त सहुलियत अगाडि ल्याएको हो ।  हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो योजना लागू गरिएको जानकारी दिए । हाल चन्द्रागिरि केबलकारमा चन्द्रागिरि हिल्स जान तथा आउनका लागि रु ७०० लिइँदै आएकामा कोभिड–१९ सुई लगाएकालाई भने २५ प्रतिशत सहुलियत दिने व्यवस्था मिलाइएको महाप्रबन्धक शाहको भनाइ छ ।  लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डलाई पालना गर्दै सञ्चालनमा आएको चन्द्रागिरि हिल्सले भौतिक दूरी, स्यानिटाइजर र माक्सको प्रयोगलाई अनिवार्यरुपमा लागू गरेको छ । चन्द्रागिरि केबलकारमा हाल १५० कर्मचारी कार्यरत छन् । सबै कर्मचारीले पहिलो चरणको कोरोना सुई लगाइसकेको महाप्रबन्धक शाहले बताए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  २२:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार