सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जहाज इन्जिन मर्मतसम्भारको ठेगान नभएपछि भारतीय वायुसेवा कम्पनी जेट एयरवेजको उडान सञ्चालन मिति अनिश्चितकालका लागि स्थगित भएको छ । सेप्टेम्बरमै नियमित उडान सञ्चालन गर्ने योजना बनाएको कम्पनीले आफ्नो उडान संचालन मिति नै स्थगित गरेको हो । 'लामो समयपछि उडान संचालन पुनः सुरु गर्नु भनेको चुनौतीपुर्ण कुरा हो। भएका जहाज मर्मतसम्भारका लागि भरपर्दो कम्पनीसँग सहकार्य गर्न आवश्यक रहेको छ । हामीले यो कुरालाई मुख्य प्राथमिकता दिएका छौ', कम्पनी सम्बद्ध अधिकारले भने, 'हाम्रो उज्वल भविष्यका लागि रणनीतिक योजनाको आवश्यक छ ।' कम्पनीले आफ्नो जहाजको इन्जिन मर्मतसम्भारका लागि प्राट एण्ड व्हिट्नी कम्पनीसँग सहकार्य गर्ने योजना बनाएको थियो । सञ्चालक मुराहरिलाल जलान र कलरक क्यापिटलले नयाँ स्वामित्व लिएसँगै एक सयवटा न्यारोबडी जहाज विस्तारका लागि १२ अर्ब अमेरिकी डलर खर्चने योजना बनाएको छ । कम्पनीले जहाज विस्तारका लागि एयरबस, बोइङलगायत जहाज उत्पादक कम्पनीसँग छलफल प्रक्रियासमेत सुरु गरिसकेको छ । यो कम्पनीसँग हाल पाँचवटा बोइङ ७७७ र तीनवटा बोइङ ७३७ एस गरी कुल आठवटा जहाज रहेको छ । कम्पनीले अबको तीन वर्षको अवधिमा ५० वटा भन्दा बढी जहाज संख्या विस्तार गर्ने योजना बनाएको सञ्चालक जालनले बताएका छन् ।