विदेशी मुद्राकाे आजकाे विनिमयदर

मंगलबार, असोज ४, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राकाे विनिमयदर निर्धारण गरेकाे छ । जसअनुसार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ९४ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ३ पैसा र बिक्रीमा १२७ रुपैयाँ ६३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ १ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४१ पैसा रहेको छ । 

जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९२ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ १३ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १७ पैसा रहेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार