डेँगुबाट बागमती प्रदेशमा एघार जनाको मृत्यु

डेङ्गु सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न एमालेको माग
बुधबार, असोज ५, २०७९

काठमाडौँ । बागमती प्रदेशमा डेँङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक , सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए ।
यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेँगुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेँङ्गुका बिरामी फेला परेका छन् ।  यसैगरी, काठमाडौँमा चार हजार छ सय ७४, मकवानपुरमा एक हजार आउ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेँङ्गुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

डेङ्गु सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न एमालेको माग

नेकपा (एमाले) ले डेङ्गु सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेङ्गु सङ्क्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन् । 
विज्ञप्तिमा उहाँले तीनै तहका सरकारलगायत विभिन्न सरकारी÷गैरसरकारी निकायकाबीचमा समन्वयात्मक परिचालन, सिटामोललगायतका औषधिको सहज उपलब्धताको माग गरेका हुन् । लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन, बिरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न मेत उनले आग्रह गरे । 
नेता भट्टराईले देशव्यापीरुपमा फैलिएको डेङ्गु रोगका कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको ध्यानाकर्षण भएकोसमेत जनाएका छन् । 
पछिल्लो तथ्याङ्कअनुसार १७ हजार पाँच सय ९४ जना प्रभावित र २१ जनाको निधन भएको छ । डेङ्गु रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्र्यो त्यसमा सरकार चुकेको उनको भनाइ रहेको छ । 
उनले पार्टीका तहगत कमिटी तथा जनसङ्गठन र पार्टी सदस्यलाई समेत डेङ्गु रोग नियन्त्रणमा योगदान गर्न आह्वानसमेत गरेका छन् । 

 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार