प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण भएपछि कुश्मा नगरपालिका एक साताका लागि बन्द

बिहीबार, वैशाख ९, २०७८

गण्डकी । कोभिड–१९ को नयाँ भेरियन्ट फैलनसक्ने अवस्थालाई ध्यानमा राखी पर्वतको कुश्मा नगरपालिकाका सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबारदेखि लागू हुने गरी यही वैशाख १५ गतेसम्म सबै सेवा बन्द गरिएको हो । कार्यालयबाट सम्पादन हुने नियमित सेवा योजना सम्झौता, योजना फरफारक, राजश्व सङ्कलन भुक्तानीलगायतका कार्य पूर्णरुपमा बन्द गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले जानकारी दिए । अत्यावश्यक सेवा जस्तै स्वास्थ्य, फोहरमैला सङ्कलन, दमकललगायतका सेवा भने नियमितरुपमा सञ्चालन हुने भएका छन् । एक साता नगरपालिका बन्द हुँदा सेवाग्राहीमा पर्ने असरप्रति क्षमायाचना गर्दै कोभिड–१९ विरुद्ध संवेशनशील बन्न कार्यालयले आग्रह गरेको छ । यसैबीच जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै भिडभाड हुने सबै गतिविधि बन्द गर्न आग्रह गरेको छ । प्रहरीले मास्क लगाउने अभियानलाई प्रभावकारी बनाउन बजार क्षेत्रमा जाँचलाई कडाइ गरेको छ भने सवारीसाधनमा समेत आवश्यक सतर्कता अपनाउन भनिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार