आयुर्वेदका बारेमा जनस्तरमा सचेतन फैलाउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले थाल्यो पहल 

आइतबार, असोज ९, २०७९

ललितपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेदको महत्वका बारेमा जनस्तरमा सचेतना फैलाउने उद्देश्यले आइतबार ललितपुर जिल्लालाई कार्यक्षेत्र बनाएका पत्रकारहरूसँग छलफल गरेको छ । 
नेपाल पत्रकार महासंघको पहलमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सञ्चारकर्मीसँग आयुर्वेद क्षेत्रको महत्वत, यसको प्रभावलगायतका विषयमा छलफल गरेको हो । 
छलफलमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले आयुर्वेदले रोगमुक्त जीवन जिउने अवसर दिने उल्लेख गर्दै यसलाई स्थानीय तहसम्म फैलाउनका लागि गरिएको पहल सह्रानीय भएको बताए । 
ललितपुरलाई उपत्यकाकै आयुर्वेदको हब भनेर चिनिन्छ यो पहिचानलाई बचाइ राख्न पनि आयुर्वेदको महत्वका बारेमा सबैलाई जानकारी दिनु पर्दछ उनले भने । 
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.श्रृष्टी श्रेष्ठले स्वास्थ्य व्यक्तिको स्वास्थ्य रक्षा गर्नु आयुर्वेदको प्रमुख उद्देश्य रहेको जानकारी दिँदै प्रदेश तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सांगठनिक विवरण तथा कार्यक्रम बारेमा प्रस्तुति दिएकी थिइन् । 
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज निरीक्षक ईश्वरीप्रसाद ढकालले आयुर्वेदका विषयमा पर्याप्त प्रचार प्रसार हुन नसक्दा जनस्तरमा पुग्न नसकेको बताउँदै यो छलफल आयुर्वेदका विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको बताए । 
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरका व्यवस्थापन समिति अध्यक्ष सूर्यमान श्रेष्ठले आयुर्वेदका विषयलाई जनस्तरमा सम्म फैलाउनका लागि आयोजित कार्यक्रममा सहभागिताले यो विषयलाई फैलावटमा मद्दत पुग्ने विश्वास व्यक्त गष्रे । कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले आयुर्वेदको महतवका बारेमा प्रकाश पारेका थिए ।  
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ओपिडि सेवा, पञ्चकर्म÷पूर्वकर्म सेवा, योगा सेवा, ल्याब सेवा, सशुल्क फार्मेसी, स्तानपायी आमाहरुका लागि मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधि वितरणसहित ज्येष्ठ नागरिक स्वास्थ्य प्रवध्द्र्धन सेवा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइयो । 
आयुर्वेद स्वास्थ्य केन्द्र ताल्छिखेल मातहत चारवटा नागरिक आरोग्य केन्द्र तथा दुई वटा आयुर्वेद औषधालय रहेको पनि जानकारी दिइएको थियो । 
 

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार