थपिए ५३ नयाँ कोरोना संक्रमित

सोमबार, असोज १०, २०७९

काठमाडौं । मुलुभर गत २४ घण्टायता ५३ जना कोरोना संक्रमित  थपिएका छन् । २६२४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमति थपिएका हुन् । ती मध्ये ८२५ जनाको पिसिआर तथा १७९९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । सोही अवधिमा ८४ जना कोरोना संक्रमण भई डिस्चार्ज भएका छन् । सोमबार कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना संक्रमण देखा परेयता १२ हजार १७ जनाको ज्यान गएको छ । यो १.२ प्रतिशत दरको मृत्यु हो । हाल मुलुक भर १ हजार १ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । 
हालसम्म नेपालमा पिसिआर विधिबाट ५९ लाख ३२ हजार ३ ८२ वटा कोरोना परीक्षण गरिएको छ भने एन्टीजेन विधिबाट १४ लाख १३ हजार ६९२ जनाको परीक्षण गरिएको थियो । कुल संक्रमित मध्ये पिसिआर विधिबाट गरिएका मध्ये ९ लाख ९९ हजार ६१४ जना तथा एन्टीजेन विधिबाट १ लाख ५१ हजार ९८३ जनाको परीक्षण गरिएको थियो । 
खोप अभियान सुरु भएदेखि हालसम्म ५ करोड ३५ लाख ६ हजार २०७ मात्रा खोप लगाइएको छ । त्यो मध्ये एक मात्रा लगाउनेको संख्या २ करोड ३२ लाख ८ हजार ४८३ जना छन् भने पूर्णमात्रा खोप लगाउनेको संख्या २ करोड २३ लाख २४ हजार ९३३ जना भने अतिरिक्तमात्रा (बुस्टर डोज) लगाउनेको संख्या ७९ लाख ७२ हजार ७५१ जना पुगेको छ ।  
 

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार