इतिहासकै उच्च अमेरिकी डलरको भाउ

मंगलबार, असोज ११, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ३० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ ९० पैसा रहेको छ ।

 विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलर बलियो भएसँगै नेपाली, पाकिस्तानी र श्रीलंकाली रुपैयाँ पनि कमजोर भएको छ भने पाउन्ड–युरो पनि कमजोर बनेको छ ।

यो दिन युरोपियन युरो एकको खरिदमा १२५ रुपैयाँ ७४ पैसा र बिक्रीमा १२६ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १३९ रुपैयाँ ८८ पैसा र बिक्रीमा १४० रुपैयाँ ५२ पैसा रहेको छ ।

1664243150-bNrxa.jpg1664255264.jpg

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार