चिरीबाबुले दिए सिटीनेटमा जिताउने सबैलाई धन्यवाद 

आफ्नो क्षमता र अनुभव सहरको विकासमा लगानी गर्ने प्रतिबद्धता 
मंगलबार, असोज ११, २०७९

ललितपुर । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सिटीनेटको नवौं कार्यसमिति सदस्यमा निर्वाचित गराउन मत प्रदान गर्नेलाई धन्यवाद दिएका छन् । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना गरिएको सिटीनेटको ३ दिने अधिवेशन गत बिहीबार सम्पन्न भएको थियो । धन्यवादज्ञापन पत्र जारी गर्दै उनले भनेका छन्, ‘यो जितले ममा उर्जा थपिएको छ, यहाँहरुले प्रदान गर्नुभएको मतको उच्च सम्मान गर्दै आफ्नो अनुभव र क्षमतालाई यो संजालभित्र रहेका सहरहरुको विकासमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ 

Chiribabu Maharjan1657277003.jpg
सिटीनेट एसिया प्रशान्त क्षेत्रका एक सय ७३ मेयर र विषयविज्ञ संस्थाहरू सहभागी भएको संजाल हो । धन्यवादज्ञापन पत्रमा अगाडि भनिएको छ, ‘सिटीनेट नेपाल च्याप्टरको अध्यक्षता गर्ने हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र सदस्य सचिवको भूमिकामा रहेको भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)ले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दछु, नेपाल च्याप्टरमा रहेका अन्य नगरपालिका, नगरप्रमुख, उपप्रमुख लगायत सम्पूर्ण धन्यवादका पात्र हुनुहुन्छ ।’ सिटीनेटको नेपाल च्याप्टरमा १६ वटा नगरपालिका र ५ वटा विषयविज्ञ संस्थाहरू छन् । सिटीनेटमा आबद्ध अन्य नगरपालिका र विषयविज्ञसंस्थाहरू, अन्य शुभेच्छुक र शुभचिन्तकप्रति उनले आभार व्यक्त गरेका छन् । 
सिटीनेटको अध्यक्षमा दक्षिण कोरियाको सियोल सहरका मेयर, उपाध्यक्ष मेयरहरू र महासचिव पदमा निर्वाचित भएका छन् । 

307280004_523202033140619_7420446051865430344_n1664261909.jpg
सिटीनेटबाट ललितपुर महानगरपालिकाले शिक्षा र प्रकोपको जोखिमबाट जोगिन अपनाउनुपर्ने सीप, क्षमता र उपकरणको क्षेत्रमा सहयोग पाएको छ । ललितपुर महानगरपालिकाले नेपालभित्रका अन्य नगरपालिकालाई पनि सहयोगका लागि समन्वय गरेको छ । ललितपुर महानगरपालिका सन् १९८७ देखि सिटीनेटको साधारण सदस्यमात्रै रहेकोमा सन् २०१८ मा भएको अधिवेशनबाट कार्यसमिति सदस्यमा निर्वाचित भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार