सोसल मिडिया
Contact Us
युनिकोड
देवीचौर । ग्रामीण सामुदायिक संस्था विकास रिकोडले असोज ११ गते गोदावरी नगरपालिका वडा नं ७ साविक देवीचौर गाविस वडा नं ६ लामीडाँडामा १९ जना किसानलाई करेसाबारीमा लगाउनका लागि तरकारीको बिउबिजन वितरण गरेको छ । रिकोडले देवीचौरमा सञ्चालन गरेको खद्य सुरक्षा तथा पोषण सुधार परियोजना अन्तर्गत किसानलाई पोषणयुक्त खानेकुरामा अभ्यस्त गराउने उद्देश्यले बिउबिजन वितरण गरिएको रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले बताइन् । रिकोडमा कार्यरत जेटिए सुशीला नगरकोटीले करेसाबारी उपयोग र बिउबिजन लगाउँदा अपनाउनु पर्ने सावधानीका बारेमा तालिम दिएकी थिइन् । रिकोडले काउली, मुला, रायो, प्याज, गाजर, पालुङ्गोलगायतका तरकारीको बिउ वितरण गरेको सहजकर्ता तिमल्सिनाले बताइन् । रिकोडको संयोजनमा यसअघि लामीडाँडामा गठन गरिएको आमा समूहमा आबद्ध किसानलाई तरकारीका बिउ उपलब्ध गराएको समूहकी अध्यक्ष कान्छी वाइपाले बताइन् ।