सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर । विश्व पर्यटन दिवसका अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्रका पर्यटकीय गन्तव्यको उजागर गर्ने उद्देश्यले आज चाँगुनारायण नगरपालिकाले आयोजना गरेको ‘एकदिवसीय पदयात्रा कार्यक्रम–२०७९’ सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले खरिपाटीस्थित चाँगुनारायण नगरपालिका कार्यालयमा उद्घाटन गर्दै नगरपालिकाको प्राङ्गणबाट सुरु भएको पदयात्रा यहाँका धार्मिक सम्पदाहरु मर्णिकर्णिका, वाल्मीकेश्व, सरस्वतीथान हुँदै कल्पेश्वर महादेव मन्दिर कलमसी पुगेर सम्पन्न भएको हो । पदयात्रा समापन गर्दै नगरप्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्व रहेको विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरदेखि विश्व प्रसिद्ध पर्यटकीयस्थल नगरकोट यहीँ नगरपालिका क्षेत्रभित्रका रहेको बताउँदै यहाँका सबै पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको बनाए ।
उनले नगरपालिकाले आगामी २०८२ सालमा चाँगुनारायण पर्यटन भ्रमण वर्ष मनाउने घोषणा यस वर्षको नगरसभाले गरेको बताउँदै त्यसअघि नै नगरपालिकाले सबै पर्यटकीय गन्तव्यलाई पर्यटकको नजरसम्म पु¥याउने गरी कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरे ।
नगरप्रमुख खत्रीले भने, “हामीले यसै वर्षको नगरसभाबाट आगामी २०८२ साललाई चाँगुनारायण पर्यटन भ्रमण वर्ष मनाउने घोषणा गरिसकेका छौँ, त्यसका लागि आवश्यक तयारी सुरु भइसकेको छ, हामीले यहाँका सबै सम्पदाहरुको संरक्षण, विकास, मर्मत, पदमार्गको पहिचान एवं स्तरोन्नति गर्ने, आवश्यक पूर्वाधारहरुको तयार गर्ने गरी काम अगाडि बढाएका छौँ ।” पदयात्रा कार्यक्रमले नगरपालिका क्षेत्रभित्र रहेको पर्यटकीय सम्भावना रहेका धार्मिक, ऐतिहासिक पदयात्रा गरी पर्यटनको प्रवद्र्धन र आर्थिक विकासको मुख्य पाटोका रुपमा पर्यटन क्षेत्रको विकास गर्नु मुख्य लक्ष्य रहेको बताए । पदयात्रामा सहभागी नगरपालिकाका प्रवक्ता जनक खत्रीले यहाँको धार्मिक पर्यटकीयस्थलहरुलगायत यस क्षेत्रमा रहेको वनजङ्गल, प्राकृतिक स्रोत एवं झरना, कृषि पर्यटन, पानीका मुहान एवं यहाँबाट देखिने काठमाडौँ उपत्यकाका मनोरम दृश्य अवलोकन गर्दै कलमसीसम्मको पाँच घण्टा पदयात्रामा निकै आनन्द दिएको बताए । उनले यो यात्राले चाँगुनारायण नगरपालिकाभित्र लुकेर रहेका धेरै पर्यटकीय क्षेत्रहरु छन्, यसलाई उजागर गर्दै आगामी दिनमा यी क्षेत्रहरुलाई स्वदेशी तथा विदेशी पर्यटकका लागि पदमार्गका रुपमा स्थापित गर्न टेवा पुग्ने बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले विश्व पर्यटन दिवसको महत्वमाथि प्रकाश पार्दै पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रवद्र्धन आर्थिक विकासको मेरुदण्ड बन्ने बताउँदै यहाँका नागरिकको आर्थिकस्तर विकासका लागि पर्यटकीय क्षेत्रको विकास र विस्तार आवश्यक रहेको औँल्याउनुभयो । नगरपालिका पर्यटन शाखाको संयोजनमा भएको पाँच घण्टामा १० किलोमिटर लामो पदयात्रामा नगरप्रमुख खत्री, प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदी, प्रवक्ता जनक खत्रीलगायत कार्यपालिका सदस्यहरु, विभिन्न वडाका वडाध्यक्ष, वडासदस्य, शाखाप्रमुखहरु, कर्मचारीहरु, सरोकारवाला निकायका प्रतिनिधि एवं पत्रकारहरुको सहभागिता रहेको नगरपालिका पर्यटन शाखाकी प्रमुख सन्तोषी नेपालीले जानकारी दिए ।
मोरङमा पर्यटन सुचना केन्द्र स्थापना
विश्व पर्यटन दिवसको उपलक्ष्यमा प्रदेश नं १ को पर्यटकीय गन्तव्यस्थलका बारेमा स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी दिन मोरङमा सूचना केन्द्र स्थापना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ र पर्यटन व्यवसायीको सक्रियतामा महासङ्घको सचिवालयमा केन्द्र स्थापना गरिएको छ । महासङ्घका केन्द्रीय सदस्य एवं प्रदेश उपाध्यक्ष राजेन्द्र राउतले कार्यालयको उद्घाटन गर्दै प्रदेशका प्रमुख तीन नाकाबाट प्रवेश गर्ने सम्पूर्ण पर्यटकलाई पर्यटनस्थलका साथै होटल र ट्राभल्सका बारेमा जानकारी दिनुका साथै पर्यटकको आगमनको तथ्याङक केन्द्रमा राखिने बताए । प्रदेशमा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेकाले पर्यटकको सुविधाका लागि प्रदेशका १६ आन्तरिक विमानस्थल सञ्चालन गर्न सङ्घीय सरकारसँग पहल गर्ने उनले बताए । महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहरा, पर्यटन समितिका संयोजक भविषकुमार श्रेष्ठ र प्रदेश समितिका सदस्य रविन दाहालले केन्द्र स्थापना पश्चात प्रदेशको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । सूचना केन्द्रमा पर्यटनसम्बन्धी जानकारी दिनसक्ने दक्ष जनशक्तिको व्यवस्था गर्नका लागि पर्यटन तथा संस्कृति मन्त्रालयलाई आग्रह गरिएको छ । आगामी दुई महिनाभित्र सूचना केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्न पर्यटन क्षेत्रसँग आबद्ध १६ निकायसँग समन्वय गरिने छ ।