१० अर्ब रुपैयाँ पूँजीको एनआरएन डेभलपमेन्ट फन्डले पूर्वाधार क्षेत्रमा लगानी गर्ने

शनिबार, वैशाख ११, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले १० अर्ब रुपैयाँ पूँजी भएको एनआरएन डेभलपमेन्ट फन्डले पूर्वाधारको क्षेत्रमा लगानी गरिने बताएका छन् । उनले उक्त रकमको प्रतिफल बैंकमा पैसा राखी व्याजबाट नभई पूर्वाधारमा लगानी गरेरै दिने स्पष्ट पारे । 
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पन्तले बैंकबाट व्याज खाएर नभई पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने कोषको योजना रहेको उल्लेख गरे ।  पूर्वाधार तथा उत्पादनशीललगायतका क्षेत्रमा लगानी गर्ने गरी फन्डको स्थापना भएको जानकारी दिँदै उनले त्यसमा गैरआवासीय नेपालीको रु नौ अर्ब ५० करोड र नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी हुनेछ ।
गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै कोषको प्राथमिक सेयर विक्री गर्ने योजना छ । त्यसमा रु आठ बराबरको साधारण शेयर विक्री गरिनेछ । नेपालको कृषि, पर्यटन र पूर्वाधारसँग सम्बन्धित परियोजना भित्र्याउने तयारी गरिएको छ । त्यसमा नेपाल सरकारले पाँच प्रतिशत, १५ प्रतिशत संस्थापक र बाँकी ८० प्रतिशत पूँजी साधारण सेयर विक्री गरी सङ्कलन गरिने छ ।  साधारण सेयर सार्क मुलुक बाहेकका गैरआवासीय नेपालीले मात्रै खरिद गर्न पाउने छन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  ०५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार