पाकिस्तानमा चिनियाँमाथि हमला, १ जनाको मृत्यु २ घाइते

बिहीबार, असोज १३, २०७९
मयुर प्लाई
Global Ime Bank

इस्लामाबाद । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा एक चिनियाँ नागरिकको मृत्यु भएको छ र अन्य दुई जना घाइते भएका छन् । उनीहरूविरुद्ध लक्षित हमला भएको पाकिस्तानी प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आक्रमणकारीहरू बिरामी भएको बहाना गर्दै कराँचीको सदर क्षेत्रमा रहेको क्लिनिकमा प्रवेश गरेका थिए । घाइते हुनेमा एक महिला पनि छन् । पीडित सबै चिनियाँ नागरिक रहेका प्रहरीले पुष्टि गरेको छ । घाइते दुबै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको पेटमा गोली लागेको छ  । घटबारे अनुसन्धान गर्न सिन्ध प्रान्तका मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।–एजेन्सी  

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ०७:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार