द्वन्द्व र जलवायु परिवर्तनका कारण खाद्य सङ्कट  

बिहीबार, असोज १३, २०७९
मयुर प्लाई
Global Ime Bank

रोम ।  विश्व खाद्य संगठनले विश्वमा हालैका दिनमा बढ्दै गएको द्वन्द्व तथा विश्वमा सङ्कटपूर्ण रुपमा देखिँदै आएको जलवायु परिवर्तनका कारण विश्वमा खाद्य सङ्कट बढ्दै गएको पाइएको छ ।  विश्वमा अहिलेका तुलनामा आगामी दिनहरुमा खाद्यान्नको सङ्कट बढ्दै जाने देखिएको चेतावनी सो संगठनले बुधबार दिएको हो ।  विश्वमा अहिले खाद्यान्न सङ्कटको समस्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । त्यसका विभिन्न कारणहरु छन् । तीमध्ये विश्वका विभिन्न देशमा जारी रहेको आन्तरिक द्वन्द्व र जलवायु परिवर्तन पनि कारक रहेको सो संगठनले जनाएको हो ।  विश्व खाद्य सङ्गठनका महानिर्देशक क्यु दोङ्युले सो कुरा बताए   । उनले यसअघि पनि विश्वका विभिन्न देशहरुमा जारी रहेको आन्तरिक द्वन्द्व खाद्य सङ्कटको कारक रहेकामा अहिले त्यसमा फेरि रुस र युक्रेन थपिएको बताए  ।   उनले रुस र युक्रेनको युद्धले गर्दा विश्वमा खाद्यान्न सङ्कट बढ्दै गएको बताए  । यी दुई देशका युद्धका कारण विश्वमा अन्य देशहरुमा खाद्यान्न आपूर्ति तथा उत्पादनकै क्षेत्रमा पनि सङ्कट बढेको बताए  । 


 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार