छिम्केश्वरी मन्दिर जाने पदमार्गको स्तरोन्नति

शुक्रबार, असोज १४, २०७९
मयुर प्लाई
Global Ime Bank

तनहुँ । जिल्लाको अधिकतम उचाइमा अवस्थित छ छिम्केश्वरी मन्दिर । समुद्री सतहबाट करिब दुई हजार एक सय ३४ मिटर उचाइमा रहेको आँबुखैरेनी गाउँपालिका–५ मा पर्ने उक्त स्थानमा पुग्ने जो कोही यहाँको प्राकृतिक वातावरण देखेर मोहित हुने गर्छन् । 
धार्मिक पर्यटकीय दृष्टिकोणले आँटे ताकेको मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ भक्तजन पूजाअर्चना गर्न छिम्केश्वरी मन्दिर जाने गर्छन् । सो स्थानबाट विभिन्न जिल्लाका डाँडा, हिमश्रृखला, हरियाली डाँडाकाँडा तथा समथर फाँट देखिन्छ । जसले गर्दा एकपटक सो क्षेत्र गएका पर्यटक पुन ः दोहोराएर जाने गर्दछन् । जिल्लाको आँबु, भाँगे, छिम्केश्वरी, हिलेखर्क, बाहुन भञ्ज्याङ, छिम्केश्वरी सडक पर्यटक मार्गको नामले परिचित हँुदै आएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । 
पर्यटकीय मौसममा छिम्केश्वरी डाँडाभरी नै फूल्ने लालीगुराँस टिप्न मानिसको भीड लाग्छ । गाउँपालिका कार्यालयले लालीगुराँसको संरक्षण एवं सम्बद्र्धन गर्न गत साउन महिनामा लालीगुराँस फूलको बिरुवा रोपण गरेको थियो । छिम्केश्वरी मन्दिर परिसर क्षेत्रमा एघार जातका मिश्रित लालीगुराँसका ७० बिरुवा रोपिएको थियो । 
लालीगुराँस फुलाऔँ, पर्यटक बोलाऔँ, हाम्रो अभियान आगन्तुकको प्रोत्साहन भन्ने मूल नाराका साथ लालीगुराँसको संरक्षण एवं सम्बद्र्धन गर्न बिरुवा रोपेको अध्यक्ष चुमानले जानकारी दिए । गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्न छिम्केश्वरी मन्दिर जाने मार्गलाई प्राथामिकतामा राखेर काम अघि बढाएको छ । आँबुखैरेनी–३ गाउँपालिका चोकदेखि छिम्केश्वरी डाँडासम्मको करिब १६ किलोमिटर दुरीमध्ये रु ५० लाखको लागतमा तीन किमी सडक स्तरोन्नति गरिएको छ । 
सो मार्गमा कालोपत्र गरी आन्तरिक एवं बाह्य पर्यटकको आर्कषणको केन्द्र बनाउन लागेको उनको भनाइ थियो । उनले भने, “विगत वर्षमा निर्माण कार्यले गति नलिए पनि नयाँ जनप्रतिनिधि आएपछि तीव्र गतिमा काम बढाइएको छ ।” दुई वर्षअघि सक्नुपर्ने उक्त मार्गको कोरोनाका कारण निर्माण ढिलाइ भएको थियो । हालसम्म एक किलोमिटर दुरीमा नालासहित कालोपत्र गरिसकेको अध्यक्ष चुमानले  बताए । 
सो सडकका लागि रु ५४ करोडमा ठेक्का गरी शर्मा काष्ठमण्डप निर्माण सेवाले निर्माणको जिम्मा पाएको थियो । सङ्घीय सरकारको समपुरक रु छ करोड, गाउँपालिकाको रु एक करोड र अन्य गण्डकी प्रदेशको बजेट रहेको छ । छिम्केश्वरी पर्यटन मार्गको विकास क्रमसँगै यस पालिकाको पर्यटकीय क्षेत्रमा आमूल परिवर्तन हुने विश्वास लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । छिम्केश्वरी माइको मन्दिर जीर्ण बन्दै गएपछि गाउँपालिकाको आर्थिक सहयोगमा नयाँ भवन निर्माण कार्य थालिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ०५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार