गालीगलौजको राजनीतिबाट माथि उठौं

शुक्रबार, असोज १४, २०७९

अरुको आलोचना गर्न र गालीगलौज गर्न आफ्नो न्वारानदेखिको बल निकालेर कराउने हाम्रा नेताहरुले अरुबाट भएको आलोचना चाँहि सहनै नसक्ने तपाईहरुले ल्याएको गाणतन्त्रको सुन्दरपक्ष यही हो तरुयो नेपाल अधिराज्य तपाईहरुको मात्र निजी भूमि होभने, अरुलाई देश निकाला गर्नु होस् अनि हिटलरले जस्तो एकछत्र शासन गर्नुहोस्  । होइन भने शाह बंशले एकीकरण गरेर बनाई दिएको नेपाललाई कोही शाहबंशले एकीकरण गरेको होइन भन्दै सडकमा भ्रम फैलाउने, कोही राजाले गरेको शासन निरंकुश थियो भनेर राजा फाल्ने काम गर्यौग भनेर सडकमा कराएर हिड्ने गर्नु हुन्छ । राजा फालेर तपाईहरुले देशमा के बिकास गर्नुभयो । 
सानातिना पुलपुलेसा, केही किलोमिटर सडक, केही अस्पताल, बिद्यालय,कलेज बने होलान्‍ त्योतपाईहरुले बनाएको होइन, बिदेशीले दिएकोऋणसहायताको केही अंशले बनाई अरु रकम आाफ्नो निजी सम्पत्ति बनाउनु भयो। बीस बर्षमा सन्तान जन्माउन सक्षम व्यक्तिको ४० बर्षमा ४ सन्तान भए भन्नु कुनै आश्चर्य होइन । त्यो समयक्रमले भएको हो । बरु तपाईहरुले राजाको बिरुद्वमा जुन बिष बमन गरेर गालीगलौज र नारा जुलुस गर्नुभयो के राजाले तपाईहरुलाई त्यसरीनै गाली गरे त रु यसरी भनी रहँदा राजा समर्थक रहेछ भन्नु होला । म संबैधानिक राजसंस्थाप्रतिआस्था राख्ने प्रजातन्त्रबादी नागरिक हुँ । दलीय ब्यबस्थामा सवै खराव ब्यक्ति छैनन् असल पनि छन् ।
तर असलले आफूसँग रहेका खरावलाई सुधार्न पनि नसक्ने,खरावलाई फाल्न पनि नसक्ने, तपाईहरुका झोलेहरुले देशमाथि गरेको राष्ट्रघात, भ्रष्टाचार, ब्यभिचारको सँधै मतियार भइरहने तपाई नेताहरुलाई सधै सत्तामा पुर्या ई रहनुपर्ने, जनता तपाईहरुका नोकर हुन् रुसाच्चै तपाईहरुमा अलिकतिपनि नैतिकता छ भने सबैले एकजुट भएर घोषणा गर्नुहोस्द्दण्४६साल पछिका नेता, कार्यकर्ता, निजामती कर्मचारी, प्रहरी, सेना लगायत सम्पूर्णको सम्पत्ति छानबिन गर्ने आयोग बनाउनोस् । 
होइन भने सधै जनतालाईबेबकुफ बनाउने, कसैले केही राम्रो काम गर्न खोज्यो भने उसलाई असफल बनाउन उसको खोइरो खन्ने, नानाथरी तानावाना बुन्ने, यही होतपाई नेताहरुको नैतिककता, तपाईहरुले जे गरे पनि जनताले सही हो भनी दिनुपर्ने, तपाईहरुले जनतासँग कतिपटक झुट बोल्नु भयो,अब कतिपटक समय दिने रुतपाईहरु बाहेक अरु नयाँव्यक्तिआाउनै नहुने,तपाईहरु बाहेक अरु सवै असक्षम, तपाईहरु मात्र सक्षम।अब केही काम नगर्ने खरावै आएछन् भने पनिआउन । काम हेरेर जनताले मूल्याङ्‍कन गर्लान । यसपटक तपाईहरुलाई बिसर्जन गर्नैपर्छ ।कसैलाई पद र कुर्ची प्राप्त हुँदैमा उसलाई स्वतस् बुद्धि र बिवेक प्राप्त हुँदैन।क्षमता,दक्षता भएर मात्रै बिवेकशून्य व्यक्ति कोही कसैबाट प्रशंसित हुँदैन ।
आफूमाथि भएको आलोचना सहन नसक्नेले आफूले लागि अरुको टिकाटिप्पणी गर्नु, आलोचना गर्नु जायज होइन । आफ्नो हैसियत के हो,पृष्ठभूमि के थियो सवै बिर्सेर आफै मात्र दक्ष,सक्षम,असल भनेर आफैलेआफ्नो प्रशंसा गर्नु, आफूभन्दा माथिकालाई सम्मान गर्न नसक्नु, तलका कोही केही पनि होइनन् भन्ने दम्भ पाली हेलाहोचो गर्नु भनेकोआफनो अधोगति मात्रहो । प्रशंसा अरुबाट हुनु, इतिहासअरुबाट लेखिनु राम्रो होला । देशमा असल काम गर्ने हुँ भनेर आफनो प्रशंसा आफैले गर्नु, आत्मकहानी लेखेर प्रसार गर्नु दरिद्र मानसिकता बाहेक के हुन सक्ला र रु जुन मानिसकोआँखामा दम्भ, घमन्डको पर्दा लागेको हुन्छ त्यसले अरुलाई असल र गुणवान त देख्दैन नै उसले आफूमा भएको अबगुण लागि देख्दैन । 
त्यस्तो ब्यक्तिले आफ्नो सानमानको अपमान गरियो भनी कुन्ठा ब्यक्त गर्नु भनेको निमको बोटमा उखुको रस खोज्नु जस्तो मात्र हो ।दुस्ख परेको समयमा अलाप बिलाप गर्ने,अरुलाई पर्दा रमाउने,अरुको तेजोबध गर्दा आफू खुसी हुने, घाइतेलाई घाउमा नुन,चुक लगाउनेले आफूलाईऔैषधि लगाई दिएनन् भनेर रादन गर्ने तुच्छ मानसिकता होइन र । तानाशाह हिटलरले लागि मृत्यू अगाडि मरे पछि मेरो लाश नाँगै शहर घुमाई दिनु भनेको थियो। तात्पर्य यो थियो की मैले जे जति राम्रा नराम्रा काम गरे लागि देश र जनताकोलागि गरेको हुँ म नाँगै आए नाँगै गएको छु केही लगेको छैन भनी जनतालाई बुझाउने कोशिस गरेको थियो ।
उच्च पदमा आसिन हुँदा हिटलरी शैलीमा रहे पनि पदबटट हटेपछि जे गरे पनि देश र जनताकोलागि गरे भनी सन्तोष लिनुको अलावाआफ्ना घमन्ड र दम्भलाईआत्मकथाबाट सत्य प्रमाणित गराउन खोज्नु भनेको प्रलाप मात्र हो कीसुदुरपश्चिमले जातीय नाम राखेन त्यहाँका खसहरु नेपालीबाट झरेनन् समान अलग देश मागेनन् । कर्णालीले जातीय पहिचान खोजेन त्यहाँका नागरिक नेपालमै अटे र नेपाली नै रहे । लुम्बिनीले न्वारानमा बाहुन पढाउँदा जातजातीमा बाडिएन दंगाली थारु र अरुको पहिचान गुमेन गौरबले शीर उठाए ।गण्डकीले नाम जुरायो गुरुङ र राना मगरले बिश्वमा चिनिएको आफ्नो बीरतालाई हतियार बनाएनन्‍ ।नेवा र ताम्सालिङ नराख्दा पनि बागमतीवासीको शीर सगरमाथा जतिकै उचै छ त्यसमै अटेकै छन्।मधेस प्रदेशले हाम्रो मधेशलाई कायम राख्दा मिथिला र अवधि यादव र झाले जातीय सद्भाव सम्वन्धमा दरार नदेखी नेपाली झण्डा एक भएर उठाएकै छन् ।
प्रदेश एकले न्वारान गर्दा कसैको जातीय बर्चस्व नरहे नेपाल मै नअट्ने भावको उग्र नारा उछालेर कस्तो मैमता सोच देखाएको होला रु यस्तो संकुचित मानसिकता र हृदयमा अरु समेटिने के ग्यारेन्टी रु भुटान पनि नजिकै छ बुझौं पढौं । जनतालाई बिरालोको रंगसँग हैन मुसा मार्ने बिरालो चाहिएको छ । चाहे त्यो कालो होस्‍ वा सेतो वा खैरो । राजनीतिक आस्थाको आधारमा हैन मानवीय नाताको आधारमा ब्यबहार गर्न सिकौं । परस्परको सम्मानले नै सबैलाई सम्मानित बनाउँछ । सबैले चिन्तन मनन् गरौं ।

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  २१:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार