सोसल मिडिया
Contact Us
युनिकोड
कानपुर (उत्तर प्रदेश) । भारतको उत्तर प्रदेशको कानपुरमा शनिबार भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । उन्नावबाट फर्किरहेको भक्तजन बोकेको ट्याक्टर कानपुर जिल्लाको घाटमपुर क्षेत्रमा शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनापछि प्रहरी घटनास्थलमा पुगी स्थानीयको सहयोगमा उद्धार कार्य सुरु गरेको थियो । घाइतेलाई तत्काल उपचारका लागि सामुदायिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । घाइतेमध्ये पाँच जनालाई कानपुर हलेट अस्पतालमा रेफर गरिएको छ । २६ जनाले ज्यान गुमाएका छन् भने अन्य घाइते भएका छन् । तीर्थयात्रीहरू फतेहपुरास्थित चण्डीका देवी मन्दिरबाट फर्किरहेका थिए । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवारजनलाई दुई लाख भारतीय रूपैयाँ र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ दिने घोषणा गरेका छन् ।– रासस/सिन्ह्वा