भारतीय प्रधानमन्त्री मोदीद्वारा महात्मा गान्धी र लाल बहादुर शास्त्रीको योगदानको स्मरण 

सोमबार, असोज १७, २०७९
मयुर प्लाई
Global Ime Bank

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राष्ट्रपिता महात्मा गान्धी र पूर्वप्रधानमन्त्री लालबहादुर शास्त्रीको जन्म दिवसका अवसरमा उनीहरूले देशका लागि गरेका योगदानको स्मरण गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरेका छन् । 
महात्मा गान्धीको १५३औँ जन्मजयन्तीका अवसरमा उहाँले श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री मोदीले ट्वीट गरेका छन्, “यो गान्धी जयन्ती भारतीयका लागि विशेष छ किनभने भारतमा स्वतन्त्रताको अमृत महोत्सव मनाइन्छ । सायद सधैं बापूको आदर्शअनुसार बाँच्न सकिन्छ । म सबै देशबासीहरूलाई गान्धीजीप्रति श्रद्धाञ्जलि स्वरूप खादी र हस्तकलाका उत्पादनहरू खरिद गर्न पनि आग्रह गर्दछु ।” 
सन् १८६९ अक्टोबर २ मा गुजरातको पोरबन्दर सहरमा जन्मेका महात्मा गान्धी अर्थात् मोहनदास करमचन्द गान्धीले अहिंसात्मक प्रतिरोध अपनाएका थिए । बेलायतको औपनिवेशिक शासनविरुद्ध स्वतन्त्रता सङ्ग्राममा अग्रपङ्क्तिमा रहर आन्दोलनको नेतृत्व गरेका थिए । 
यसले अन्ततः सन् १९४७ मा भारतले आफ्नो स्वतन्त्रता प्राप्त ग¥यो । ‘स्वराज’ (स्वशासन) र ‘अहिंसा’ (अहिंसा) मा उनको अटूट विश्वासले उनलाई विश्वभर प्रशंसा दिलायो । 
विश्वभर गान्धीको जन्मजयन्तीलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइन्छ । यस अवसरमा भारत र विश्वभरि विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ । 
आइतबार नै प्रधानमन्त्री मोदीले दिल्लीको प्रधानमन्त्री सङ्ग्रहालयमा शास्त्रीको फोटो ग्यालरीको झलक सार्वजनिक गरेका छन् । मानिसहरूलाई सङ्ग्रहालयको भ्रमण गर्न र उहाँको योगदानबारे जानकारी लिन आग्रह गरेका छन् । 
उनले भने, “लालबहादुर शास्त्रीको सरलता र निर्णायक क्षमताका लागि भारतभरि प्रशंसा गरिन्छ । हाम्रो इतिहासको अत्यन्त महत्वपूर्ण समयमा उहाँको कडा नेतृत्व सधैँ स्मरणीय रहनेछ । उहाँको जन्मजयन्तीमा उहाँप्रति श्रद्धाञ्जलि ।” 
उनले शास्त्रीको जन्मजयन्तीमा दिल्लीको प्रधानमन्त्री सङ्ग्रहालयमा उनको ग्यालरीबाट केही झलकहरूसहितको दृष्यलाई सार्वजनिक गरेका छन् । 
सन् १९०४ मा उत्तर प्रदेशमा जन्मिएका लालबहादुर शास्त्री भारतका दोस्रो प्रधानमन्त्री थिए । उनलेसन् १९६४ देखि १९६६ सम्म सेवा गरेका थिए । पाकिस्तानसँग ताशकंद सन्धिमा हस्ताक्षर गरेलगत्तै ११ जनवरी १९६६ मा ६१ वर्षको उमेरमा ताशकंदमा उनको मृत्यु भएको थियो ।–रासस/एएनआई 
 

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  ०४:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार