पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी

सोमबार, असोज १७, २०७९
मयुर प्लाई
Global Ime Bank

इस्लामाबाद (पाकिस्तान) । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । इस्लामाबादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।
पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक ¥यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाउँदै उजुरी दर्ता गरिएको थियो ।
आफ्ना एक सहयोगीलाई गैरकानुनी तरिकाले पक्राउ गरी कारबाही गरिएको प्रति खानले सार्वजनिक कार्यक्रममार्फत आक्रोश पोखेका थिए । सोही मुद्दामा उहाँविरुद्ध प्रतिआतङ्कवाद कानुनअन्तर्गत पक्राउ गर्न माग गर्दै उजुरी गरिएको थियो । तर उक्त मुद्दाको सुनुवाईका क्रममा अदालतले भने आतङ्कवाद विरोधी प्रावधान हटाएको थियो ।– रासस/एएनआई
 

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  ०४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार