युक्रेन, रुस र बेलारुसका अधिकारवादीलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा

शनिबार, असोज २२, २०७९
मयुर प्लाई
Global Ime Bank

ओस्लो । यो वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसी मानव अधिकारकर्मी एलीयास बीलियाट्स्की र रुसी मानव अधिकार सङ्गठन मेमोरियल तथा युक्रेनी मानव अधिकार सङ्गठन सेन्टर फर सिभिल लिबर्टीजलाई दिने घोषणा गरिएको छ ।
नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उनीहरूलाई संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । आउँदो डिसेम्बर १० तारिखमा उनीहरूले उक्त पुरस्कार प्राप्त गर्नेछन् । हाल अधिकारवादी बीलियाट्स्की मुद्दा सुनुवाइ गरिनुअघिको थुनामा छन् ।

एलियास बीलियाट्स्की

कसको योगदान के ?
साठी वर्षीय बीलियाट्स्की बेलारुसको भीआस्ना ह्युमन राइट्स सेन्टरका संस्थापक हुन् ।
उक्त संस्था बेलारुसका अधिनायकवादी नेता एलेक्सान्डर लुकाशेन्कोले सडक प्रदर्शनमा गरेको दमनपछि सन् १९९६ मा संस्थापन गरिएको थियो ।
‘बीलियाट्स्कीले बेलारुसमा लोकतन्त्र र शान्तिपूर्ण विकासको प्रवर्द्धनमा आफ्नो जीवन समर्पण गरेका छन्’, नोबेल शान्ति पुरस्कार समितिले भनेको छ ।
सेन्टर फर सिभिल लिबर्टीज (सीजीएस) युक्रेनका अग्रणी मानव अधिकार संस्थामध्ये एक हो ।
पूर्वसोभियत सङ्घका नौ सदस्य मुलुकले किएभमा रहनेगरी सीमापार मानव अधिकारका विषयलाई सम्बोधन गर्न सन् २००७ मा सीजीएस स्थापना गरेका थिए ।
स्थापना भएयता सीजीएसले अधिनस्थ क्राइमियामा राजनीतिक दमनको पर्यवेक्षण, डोन्बासमा मानवताविरोधी अपराध र युद्ध अपराधको दस्तावेजीकरण गरेको छ ।

सेन्टर फर सिभिल लिबर्टीज
पुरस्कारको घोषणा गर्दै नोबेल शान्ति पुरस्कार कमिटीकी अध्यक्ष बेरिट रेइस एनर्सनले भनिन्, ‘विजेताहरू मानव अधिकार, लोकतन्त्र र शान्तिपूर्ण सहअस्तित्वका हिमायती हुन् ।’
नोबेल पुरस्कार पाउनेमध्ये रुसकै सबैभन्दा पुरानो मेमोरियल नामको मानव अधिकार समूह पनि छ जुन यसै वर्षको प्रारम्भतिर बन्द भएको थियो ।
करिब ३० वर्षसम्म मेमोरियलले सोभियत कालका मारिएका जेलमा राखिएका अथवा दमनमा परेका लाखौँ निर्दोष मानिसका विवरण बाहिर ल्याउने काम गरेको थियो ।
सन् २०२१ को डिसेम्बरमा रुसको सर्वोच्च अदालतले मेमोरियल र त्यसका शाखाहरूलाई बन्द गर्न आदेश दिएको थियो । सन् २०१२ मा ल्याइएको विदेशी एजेन्टसम्बन्धी कानुनको उल्लङ्घन गरेको उसमाथि आरोप लगाइएको थियो ।–एजेन्सी 

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  ०४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार