राष्ट्रपति भण्डारी शिक्षण अस्पताल भर्ना

शनिबार, असोज २२, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले भने ।  “भाइरल, रुखाखोकी हो । अहिले टिचिङ अस्पतालमा चेकजाँच हुँदैछ,” उनले भने । राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार