विश्वका आधा गरिबलाई ऋण राहत दिनुपर्नेमा जोड

मंगलबार, असोज २५, २०७९
मयुर प्लाई
Global Ime Bank

संयुक्त राष्ट्रसङ्घ  ।  विश्वका आधाभन्दा बढी गरिब जनताको हिस्सा ओगटेका ५४ वटा विकासशील अर्थतन्त्रलाई विश्वव्यापी सङ्कटका कारण उत्पन्न समस्या सम्बोधन गर्न तत्काल ऋण राहत दिनुपर्नेमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम  युएनडिपी०ले जोड दिएको छ । विकासशील ५४ वटै देश गम्भीर ऋण समस्यामा रहेका तथा जलवायु जोखिमको उच्च सूचीमा रहेका विश्वका ५० राष्ट्रमध्ये २८ वटालाई चरम वित्तीय आवश्यकता रहेको युएनडिपीले बताएको छ । ती देशले ऋण पुनःसंरचनामा पहुँच नपाएमा गरिबी बढ्ने तथा जलवायु अनुकूलनका निम्ति आवश्यक लगानी गर्न नसक्ने उसको विश्लेषण छ । गरिबीको दुष्चक्रबाट उनीहरूलाई जोगाउन तथा उनीहरूको ऋणको बोझ व्यवस्थापनमा अन्तर्राष्ट्रिय समुदायले विलम्ब गर्ननहुनेमा उक्त संस्थाले जोड दिएको छ । दिगो विकासका लक्ष्य प्राप्तिका लागि प्रभावकारी ऋण पुनःसंरचनाका साथै ऋण राहतको प्रस्ताव पनि युएनडिपीले अन्तर्राष्ट्रिय समुदाय एवम् धनी राष्ट्रसँग गरेको छ ।   
 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार