तेलको मूल्य बृद्धि ‘अर्बौं मानिसका लागि जोखिम’ भएको पुटिनको दावी

बुधबार, असोज २६, २०७९
मयुर प्लाई
Global Ime Bank

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली नेताहरूले चर्चा गरेको तेलको मूल्य वृद्धि अर्बौं जनताको हितका लागि जोखिम’ भएको बताएको छ । 

मस्कोमा आयोजित एक ऊर्जा मञ्चमा रूसी नेता पुटिन भने, “केही पश्चिमा राजनीतिज्ञहरूको आत्म केन्द्रित निर्णयले विश्वको बजार अर्थतन्त्रलाई ध्वस्त पारिरहेको छ । वास्तवमा अर्बौं मानिसहरूको कल्याणका लागि यसले खतरा खडा गरिरहेको छ ।

पश्चिमी मुलुकहरूमा देखिएको इन्धन अभाबलाई सम्बोधन गर्न नोर्ड स्ट्रिम पाइपलाइनको क्षतिग्रस्त भागमार्फत युरोपमा ग्यास आपूर्ति पुनः सुरु गर्न रूस तयार रहेको तर यसका लागि ‘बल ईयूको कोर्टमा रहेको’ बताएको छ । 

सम्मेलनमा पुटिनले पाइपलाइनको केही भाग चुहावटबाट प्रभावित नभएको सङ्केत गर्दै भने, “रूस आपुर्ति सुरु गर्न तयार छ । “बल ईयूको कोर्टमा छ । यदि उनीहरू चाहन्छन् भने, पाइपका टुटीहरू चालू गर्न सकिन्छ ।”

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार