सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । महाँकाल गाउँपालिका अन्र्तगत सञ्चालनमा रहेको मानिखेल अस्पतालले घुम्ती अल्ट्रासाउन्ड क्याम्प सञ्चालन गरेको छ । अस्पतालले हरेक वडामा १५ / १५ दिनमा घुम्ती क्याम्प सञ्चालन गरिरहने अस्पतालका डाक्टर मिलन बोम्जनले जानकारी दिए । आज वडा नं २ मानिखेलको ठोस्नेखोला खोप केन्द्रबाट घुम्ती सेवाको सुरुवात गरिएको छ । घुम्ती सेवाको उद्घाटन महाँकाल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत धिरज मरासिनीले गरेका हुन् । वडा नं २ मानिखेलका वडा अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोनी तामाङ लगायत सरोकारवालाको उपस्थिति रहेको गाउँपालिकाको अध्यक्षका स्वकीय सचिव सुसन दुलालले बताए ।