सोसल मिडिया
Contact Us
युनिकोड
कोलम्बो । श्रीलङ्कामा गएको ७२ घण्टामा बाढी र पहिरोबाट तीन जनाको मृत्यु भएको छ भने १३ हजार ९०२ परिवारका ५५ हजार भन्दा बढी मानिस प्रभावित भएको विपद् व्यवस्थापन केन्द्र डीएमसीले आइतबार जनाएको छ।बाढी र पहिरोल्याउने मनसुन बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ ।यसैबीच केही क्षेत्रमा बाढीको जोखिम बढ्ने बताइएको छ ।प्रतिकूल मौसमलाई ध्यानमा राख्दै छ जिल्लाका लागि जारी गरिएको पहिरोको चेतावनीलाई थप गरिएको डीएमसीले जनाएको छ । हालको भारी वर्षा देश नजिकैको इन्टरट्रोपिकल कन्भर्जेन्स जोन आईटीसीजेड को प्रभावका कारण भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।