बारुलाको टोकाइले ४२ विद्यार्थी अस्पताल भर्ना

सोमबार, असोज ३१, २०७९
मयुर प्लाई
Global Ime Bank

कोलम्बो,  ।   उत्तरी श्रीलङ्काका करिब ४२ विद्यार्थीलाई बारुलाको आक्रमणपछि अस्पताल भर्ना गरिएको छ ।
 भावुनियाको विद्यालय भवन नजिकैको रुखमा रहेको बारुलाको गुँडमा बाधा पुगेपछि वरपरका मानिसहरूलाई आक्रमण गर्न थालेको शिक्षक तथा अभिभावकले सञ्चारमाध्यमलाई बताएका छन् ।   पीडितहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र केही विद्यार्थीहरूको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ताले जानकारी दिएका छन् । शिक्षक र अभिभावकले तुरुन्तै विद्यालय खाली नगरेको भए अझै धेरै दुर्घटना हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।
जिल्लामा प्रत्येक वर्ष यस्ता केही आक्रमण हुने गरेको र स्थानीय प्रहरीले यस्ता घटनाविरुद्ध कारबाही गर्न वन्यजन्तु अधिकारीलाई आग्रह गर्ने रेका छन् ।   
 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार