रुसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन  : जेलेन्स्की

सोमबार, असोज ३१, २०७९
मयुर प्लाई
Global Ime Bank

किभ  ।  रुसले आफ्नो देशमा ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बताउनु भएको छ । रातभरि र बिहानै, शत्रुले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको छ ।  रुसले कामिकाजे ड्रोन र क्षेप्यास्त्रहरूले युक्रेनमा आक्रमण गरिरहेका छन् । दुश्मनले हाम्रा सहरहरुमा आक्रमण गर्न सक्छ तर हामीलाई तोड्न सक्नेछैन्’  उनले बताए । राजधानीका मेयरले दुई जना भग्नावशेषमुनि फसेका र किभको एउटा आवासीय भवनमा क्षति पुगेको पुष्टि गरेका  छन्  ।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार