‘दिल्ली–काठमाडौँ सम्बन्धको आधार : जनस्तरको सुदृढ सम्बन्ध’

बुधबार, कात्तिक २, २०७९
मयुर प्लाई
Global Ime Bank

नयाँदिल्ली । भारतका लागि नेपालका राजदूत डा शङ्करप्रसाद शर्माले नेपाल र भारतबीचको सम्बन्धको आधार दुई देशका जनाताबीचको सुदृढ सम्बन्ध हो भनेको छ । मङ्गलबार दिपावलीका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध कहिल्यै नटुट्ने बताए ।

भारत र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाउन तथा दुवै देशका जनताबीचको सहकार्य र साझेदारीलाई प्रवद्र्धन गर्दै उनीहरूलाई स्नेहको सूत्रमा जोड्ने विषयलाई उच्च प्राथमिकतामा राख्दै राजदूत शर्माले जनता–जनता, सभ्यता र धर्मको सम्बन्ध कहिल्यै पनि टुट्न नसक्ने, देशमा भिन्नता भए पनि जनतासँगको सम्बन्ध निरन्तर रहने बताउँदै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ तुल्याउन दुवै देश लाग्नुपर्नेमा जोड दिए । 

जनता–जनताबीचको सम्बन्ध बलियो हुँदा नै नेपाल–भारत सम्बन्ध दिगो हुने बताउँदै राजदूत शर्माले वर्तमान समयमा व्यापार, लगानी र पर्यटनलगायत क्षेत्रबाटै आर्थिक विकासका लक्ष्य हासिल हुनसक्ने यथार्थ प्रस्तुत गरे । उनले दुवै देशका प्रधानमन्त्रीबाट  नयाँदिल्ली र काठमाडौँको भ्रमणपछिका छ महिनामा आर्थिक विकासका निम्ति काम  भइरहेको बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार