५३ जना सङ्क्रमित थपिँदा ५१ ज्नाका निको भए

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौँ । विगत २४ घण्टामा ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार पाँच सय ७१ परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ । 
आज ५१ जना सङ्क्रमणमुक्त भइ घर फर्किएका छन् । यो दर ९८.७ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय २७ जना पुगेको छन् । सो अवधिमा कोरोना भाइरसविरुद्धको खोप १५ हजार तीन सय ५९ जनाले लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म लक्षित जनसङ्ख्याको ९९.५ प्रतिशतले एक मात्रा र ९५.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  २२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार