सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । बजारमा सुनको आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा सुनचाँदी व्यवसायमा आवद्ध व्यवसायी मर्कामा परेको नेपाल सुनचाँदी ब्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधमिण्डलले आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराई समक्ष यस्तो गुनासो गरेको हो । उपभोक्ता सरोकारका विभिन्न विषयमा छलफल गर्ने क्रममा विभागले आयोजना गरेको एक कार्यक्रममा महासङ्घका प्रतिनिधिले बजारको मागको तुलनामा आपूर्ति अत्यन्तै कम मात्र भएकोले व्यवसाय सञ्चालन गर्न नै कठीनाई भएको बताएका थिए । सो अवसरमा विभागका महानिर्देक भट्टराईले व्यवसायीको गुनासो जायज भएको र त्यसलाई आफूले सम्वन्धित निकायमा पु¥याउने प्रतिवद्धता जनाए ।
फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना फेला ताप्लेज्ङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेका छन् । जङ्गलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा सुक्रबार प्रहरीले फेला पारेको हो । गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सुनका गहना फुङलिङ–४ स्थित एक झाडी जङ्गलमा फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले बताए । फेला परेको सुनको परिणाम निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसअघि चार लुटेरा प्रहरीले नियन्त्रणमा लिँदा लुटेराका साथबाट १४३ तोला सुनका गरहगना र नगद रु छ लाख १३ हजार तीन सय ४० प्रहरीले बरामद गरिएको थियो । कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र रु नगद ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको जाहेरी प्रहरीलाई दिएका छन् ।