ओहोदाको प्रमाणपत्र पेश

शुक्रबार, कात्तिक ४, २०७९

 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फिनल्याण्ड, संयुक्त राज्य अमेरिका र आइसल्याण्डका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । 
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि फिनल्याण्डका आवासीय राजदूत रिना रिक्का हेइका, अमेरिकाका आवासीय राजदूत डिन रिचार्ड थोमसन र आइसल्याण्डका गैरआवासीय राजदूत गुड्नी ब्रागसनले ओहोदाको प्रमाणपत्र पेश गरे 
सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञिप्तिमा जनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  २३:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार