नवनियुक्त प्रधानमन्त्रीद्धारा एकतामा जोड

सोमबार, कात्तिक ७, २०७९
मयुर प्लाई
Global Ime Bank

रोम ।  इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गरेकी   छन्  । देशमा राजनीतिकलगायतका समस्याहरु उत्पन्न भइरहेका बेला उनले नयाँ प्रधानमन्त्रीको सपथ लिएसँगै सो आग्रह  गरेकी  हुन्   । उनले शनिबार इटालीको प्रधानमन्त्रीका रुपमा सपथ लिएकी   थिइन् । उनलाई यहाँका पूर्व प्रधानमन्त्री मारियो द्रागीले एक समारोहका बीच पद हस्तान्तरण  गरेका थिए  । सन् २०२१ को जनवरीदेखि द्रागी प्रधानमन्त्रीमा नियुक्त भएका  थिए  । उनी त्यसअघि गभर्नर थिए  । उनी केही समयदेखि काम चलाउ प्रधानमन्त्रीका रुपमा रहेका  थिए  ।
मेलोनीको प्रजातान्त्रिक दलले हालै सम्पन्न भएको संसदीय निर्वाचनमा २६ प्रतिशतमात्र मत प्राप्त गरेको थियो । तर पनि उनलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेर नयाँ सरकार गठन गर्न पूर्व प्रधानमन्त्री दाग्रीले आग्रह गरेका  हुन्  ।
उनले  हाल आफ्ना पार्टीका मात्र सदस्य समेटेर सानो सरकार बनाएका  छन्  र अरु राजनीतिक दलहरुलाई पनि सरकारमा समावेश हुन आग्रह गरेका  छन्  । उनले आइतबार टेलिभिजनमार्फत् देशवासीका नाममा सम्बोधन गर्दै देशमा कैयौँ राजनीतिक समस्याहरु रहेकाले तिनको समाधानका लागि सबै राजनीतिक दल मिलेर सरकार निर्माण गर्नुपर्ने धारणा राखीन्   ।  रासस 

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार