सोमालियाको एक होटलमा आत्मघाती बम हमला

सोमबार, कात्तिक ७, २०७९
मयुर प्लाई
Global Ime Bank

मोगादिसु ।  दक्षिणी सोमालियाको एक प्रसिद्ध होटलमा आत्मघाती बम हमला भएको छ । हमलामा भएको क्षतिको विववरण भने आएको छैन । आइतबार राति एक अज्ञात व्यक्तिले आत्मघाती बम हमला गरेका बताइएको छ । दक्षिणी सोमालियाली सहर किस्माओ प्रहरी उपप्रमुख मोहम्मद नासीले यहाँको उक्त प्रसिद्ध होटललाई लक्ष्य गरेर आत्मघाती हमला भएको जानकारी दिएका छन् । उनले भनेका छन्– यहाँको तावाकाल होटललाई लक्ष्य गरेर आत्मघातीहरुले बम आक्रमण गरेका छन् । रातिको समय पारेर होटलमा भएको सो आक्रमणको क्षतिको अनुसन्धान भइरहेको छ ।  रातिको समयमा आएका आत्मघाती बम हमलाकारीहरुले एक सवारी साधानमा ल्याएको विस्फोटक पदार्थ विस्फोट गराएका थिए । सो विस्फोटक पदार्थ विस्फोट भएपछि होटलमा त्रास फैलिएको र प्रहरीले शान्त रहन आग्रह गरेको थियो । 
आत्मघातीहरुले बम विस्फोट गराएपछि प्रहरी र उनीहरुका बीचमा होटलभित्रै भिडन्त पनि भएको बताइएको छ । यहाँ सो आक्रमणबाट केकति हताहत भएका छन् भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले होटललाई घेरा हालेर अनुसन्धान गरिरहेको बताएको छ । रासस 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार