उपराष्ट्रपतिबाट तिहारको शुभकामना

‘धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी’
बुधबार, कात्तिक ९, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् । तिहार–२०७९ तथा नेपाल संवत् ११४३ प्रारम्भको अवसरमा शुभकामना दिँदै उनले समृद्ध नेपाल निर्माणका लागि एकाकार भएर अगाडि बढ्न सम्पूर्ण नेपालीलाई विभिन्न पर्वले ऊर्जा प्रदान गरोस् भनी कामना गरे । 
उपराष्ट्रपति पुनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी रहेको बताए । 
उनले तिहार र नेपालको मौलिक संवत् नेपाल संवत्ले नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । 
“उज्यालो र उल्लासको पर्वका रुपमा मनाइने नेपालीको महान् चाड तिहारलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदैछ । नेपालको मौलिक संवत् नेपाल संवत्को नववर्ष ११४३ को सुखद प्रारम्भ पनि यसै अवसरमा हुँदैछ”, उनले भने, “देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको साथै मुलुकको समृद्धिको शुभकामना व्यक्त गर्दछु ।”

आपसी एकता कायम हुने प्रदेश प्रमुखको विश्वास 

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा शुभकामना सन्देश दिएका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र दीर्घायुको कामना गरेका छन् । 
प्रमुख परियारले सन्देशमा भनेका छन्, ‘‘यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपंछी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक नेपालीको घरघरमा काग तिहारको दिनबाट सुरू भएर क्रमशः कुकुर तिहार, गाई तिहार तथा लक्ष्मीपूजा, गोरु तिहार एवं गोवद्र्धन पूजा र भाइटीका लगाउने परम्परा रहिआएको छ । तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ दिदिबहिनीका बीचमा आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ ।”
उनले देउसीभैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  ०५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार