सोसल मिडिया
Contact Us
युनिकोड
दाङ । दाङको गढवा गाउँपालिका— ५ निवासी ६५ वर्षीय गाजुराम थारु कुमालले आफूले बनाएका माटोका भाँडा बिक्रीबाट सोचे भन्दा राम्रो आम्दानी गरेका छन् । दसैँ तथा तिहारकालागि सबैभन्दाबढी माटाका पाला अन्य सामग्री बिक्री गर्न सफल भएका हुन् । उनले भने, “विगतका वर्षका दसैँ तिहारमा माटोकाभाँडा खासै बिक्री भएन। यस पटक भने बिक्री गरेर रु ३० हजारबढी आम्दानी गर्न सफल भएको हुँ । अझै तिहारका लागि भाँडा किन्न आइरहनुभएको छ ।” उनी मात्र होइन, उनका बाबुबाजेदेखि अघिल्लो पुस्तालेसमेतले यही माटोको भाँडा बनाएरै जीवन बिताएका थिए । ६५ वर्षीय गाजुरामको ५० वर्ष माटोको भाँडा बनाउनमै बितेको छ । गढवा गाउँपालिकाको पत्रेढुङ्गा गाउँ निवासी गाजुराम अहिले पनि सातभाइ छोरा यही माटोको भाँडा बनाउने पेसा अपनाएर जीवनयापन गदै आइरहेका छन् । विदेश गएर काम गर्नु भन्दा त यहीँ काम गर्दा नै राम्रो कमाइ हुन्छ भनेर आफूले सातै भाइ छोरालाई यही पेसा गर्न भनेपछि अहिले छोरा पनि यही पेसा अगालेर परिवार पालिरहेका छन् उनीहरुपनि भाँडा बिक्रीगर्न व्यस्त छन् उनले भने । माटोको भाँडा बनाउँदै गरेकाले उनले भने, “यो पेसालाई त्यतिकै निरन्तरता त दिएको होइन । यही पेसाबाट परिवार पाल्न सकिने र आम्दानी हुने देखेर छोड्न पनि सकिन ।” उनले थपे,“जग्गा जमिन केही पनि छैन,मेरो पनि छैन, बाबुबाजेको पनि थिएन, छोराहरुको पनि छैन् ।” तर यहीँ माटोको भाँडा बेचेर धेरै पुस्ता बाचिसक्याैँ । अहिले उनले मात्र होइन उनका सात भाइ छोराबुहारी पनि माटाकै भाँडा घैँटा, भुर्की, ठेकी, कोसी, गमला, खुर्तुके, पालालगायतका भाँडा बिक्री गर्न व्यस्त देखिन्छन् । उनले भने,“दसैँ तिहारको समयमा मात्र होइन अन्य महिनामा पनि आफूले महिनामा रु १० हजार देखि १२ हजारसम्म भाँडा बेचेर आम्दानी गर्छु ।” छोराहरुले त बढी आम्दानी गर्छन् उनले भने । कुमाले गाउँ भनेर चिनिने पत्रेङ्गाका अगुवासमेत रहेका गाजुराम अहिले उहाँकै परिवारले गाउँभरी सबैभन्दा धेरै भाँडा बनाउँछन् । सो गाउँमा अहिले करिब ३५ घरपरिवार कुमाल रहेका छन् । “सबैको पेसा माटोका भाँड बनाएर बेच्नु हो । आधुनिकीकरणसँगै बजारमा प्लास्टिक तथा अन्य भाँडाको प्रचलन बढेपछि माटाका भाँडा बिक्न छोडेको भन्ने उहाँलाई पत्यार लाग्दैन ।” ५५ देखि ६० सालसम्म धेरै बिक्थ्यो, त्यसपनि एकदुई साल कम भयो तर अहिले त बिक्दै नबिक्ने भाको छैन, हाम्ले त बेचिराका छौँ त उनलेभ भने । विद्यालय पढेका युवायुवतीले भने माटोको भाँडा बनाउन लजाउने गरेको भन्दै उनले भने, “पढायो पढायो, काम गर भन्दा मान्दैनन् । पढेलेखेकाले माटो मुछ्न लजाउँछन्, त्यसैले गाउँमा भाँडा बनाउने घटेका छन् उनले भने । उनका कुनै छोराले पनि पढेका छैनन् “म पनि औंँठा छाप हुँ” छोराहरु पनि औँठाछाप हुन् सायद पढेको भए, मैलेनि माटोका भाँडा बनाउने थिइन कि ? उनले भने । अरु समय भन्दा अहिले तिहारको समय भएकाले माटोका भाँडाका माग बढ्ने गरेकोले बेञ्च भ्याइनभ्याइ भएको कुमाल बताउँछन् ।